Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ प्रेम र द्वन्द्वको सत्यदिप (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/09/13
असोज १४ लाई रिलिज मिति तय गर्दै फिल्म सत्यदिप निर्माण टिमले प्रचार थालेको छ । सांगितिक प्रेम कथा बोल्ने फिल्मको सोमबार ट्रेलर रिलिज गरिएको छ । 
 
 
युट्युवमा सार्वजनिक १ मिनेट ३१ सेकेण्ड लामो ट्रेलरमा प्रेम र द्वन्द्वका दृश्यहरुलाई प्राथमिकतामा राखिएको छ । ट्रेलरबाट फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको अनुमान लगाउन सकिन्छ । 
 
एसआरबी फिल्मस् को प्रस्तुतीमा बनेो फिल्मलाई प्रियंका श्रेष्ठ र प्रास्मा श्रेष्ठले बताएका हुन् । विनयराम श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा जोनी सिंह रानाजी, सविना केसी, श्याम केसी, सिमोन दाहाल, जीवन गिरी, रवि गिरी लगायत अभिनयमा छन् ।
 
फिल्म सत्यदिपको कथा भने निर्देशक रहेका पुस्कर घिमिरेको हो । फिल्ममा अर्जुन पोखरेलको संगीत छ ।
Most Visited News (monthly)