Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिटनेश र्‍याम्पमा मरिस्का र गजित

फिल्मीखबर, काठमाडौं, 2016/09/12

‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट ,बिस्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्‍याम्प नाप्ने भएका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश र्‍याम्पमा देखिनेछन् ।

 

मानिसको स्वस्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्‍याम्प आयोजना गरिन लागिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताए । मगरले थपे कार्यक्रममा बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश सबै माझ जानेछ ।

 

आनन्द इभेन्ट भिमसेन गोलामा आगामी असोज ३ गते आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा बिभिन्न मनोरञ्जन दिने उदेश्यले डान्स पार्टी ,वेइलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका छन् । स्वस्थका लागी फिटनेशको महत्व आफु पनि बुझ्न र अरुलाई पनि बुझाउन फिटनेश र्‍याम्पमा सहभागी हुन लागेको अभिनेता गजित बिष्टले बताए ।

Most Visited News (monthly)