दर्शकले फेरि एक पटक दयाहाङ राई र प्रियंका कार्कीलाई सँगै देख्न पाउने भएका छन् । ‘बीर बिक्रम’को सफलतासँगै यसका निर्देशक मिलन चाम्सले सोमबार घोषणा गरेको ‘हयाप्पी डेज’मा दया र प्रिंयंकाको जोडी दोहोरिएको हो ।
सोमबार औपचारिक कार्यक्रमका बीच मिलनले नयाँ फिल्म ‘ह्याप्पी डेज’को घोषणा गरेका छन् । सिटी सेन्टरमा गरिएको एक कार्यक्रममा उक्त फिल्म को घोषणा गरिएको हो । यसअघि ‘झोले’ मा पहिलो पल्ट जोडी बनाएका दुवैलाई पछिल्लो पटक ‘हाऊ फन्नी’मासँगै देखिएको थियो । ‘पूरानो डुंगा’ र ‘लालटिन’ दुवैका प्रदर्शन हुन बाँकी रहेका फिल्म हुन् । यसअघि मिलनले ‘ब्लाइन्ड रक्स’ शीर्षकमा फिल्म बनाउने घोषणा गरिसकेका छन् ।
कमेडी शैली साथै सामाजिक कथामा निर्माण हुने यो चलचित्रलाई मिलन चाम्सले नै निर्देशन गर्दैछन् । १ करोड ७० लाख को लगानीमा बन्न लागेको यो चलचित्रमा बि पी खनाल ,भवानी शर्मा ,हरिल जोशी र डा अशोक बन्सालले पनि लगानी रहनेछ । अक्टोबरबाट छायांकनमा जाने यो चलचित्रमा तारा प्रकास लिम्बुको संगीत,अर्जुन जिसीको सम्पादन रसम्राट बस्नेतको एक्सन रहनेछ भने फिल्मलाई बितरण गर्ने भएका छन् गोबिन्द शाहीले । फिल्ममा सन्जय गुप्ता र विक्की जोशीको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो ।

