Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

करोड क्लबमा 'छक्का पञ्जा', यस्तो छ कलेक्शन (बक्सअफिस)

फिल्मीखबर, काठमाडौं, 2016/09/11
 
दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म 'छक्का पञ्जा' दुई दिनमै करोड क्लबमा प्रवेश गरेको छ । पहिलो दिन ३२ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन मात्रै ९० लाख बढिको विजनेस गरेको हो । 
 
 
शनिबार प्रायः सबैजसो हलमा हाउसफुल विजनेस गरेको फिल्मले राजधानीबाट मात्रै ५० लाख बढिको विजनेस गरकेो थियो । फिल्मलाई मोफसलका दर्शकले पनि उत्तिकै रुचाएका छन् ।
 
माउथ पब्लिसिटी उच्च भएका कारण फिल्मले आईतबार पनि राम्रो विजनेस गरेको छ । आईतबारको पुर्णतः विजनेस रिपोर्ट प्राप्त छैन् । तर मल्टिप्लेक्समा फिल्मप्रति दर्शकको चाप बिदाको दिन नपर्दा पनि तुलनात्मक रुपमा उच्च छ ।
 
'छक्का पञ्जा'मा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, शिवहरी पौड्याल, जितु नेपाल, बुद्धि तामाङ लगायत अभिनयमा छन् । यो टिमले यसअघि  नै बनाएका दुई फिल्म बक्सअफिसमा हिट लिस्टमा छन् ।
 

Most Visited News (monthly)