बलिउड सुपरस्टार सलमान खानकी पुर्व प्रेमी सोमी अली बच्चा छँदा नै घरेलु यौन हिंसाको शिकार भएको खुलेको छ । वलिउड भाष्करमा प्रकाशित समाचारलाई तथ्य मान्दा पाकिस्तनी मुलकी सोमी यौन हिंसामा परेको बाहिरिएको हो ।
सोमीले एक अन्तर्वार्तामा बोलेकी छिन् कि उनी पाँच बर्षको हुँदा नै घरमा काम गर्न राखिएको कामदारबाटै हिंसामा परेकी थिईन् । बच्चाबेला नै पीडामा परेकी उनि विस्तारै बुझ्ने भएपछि पुरानो कुरा बिर्सिएर नयाँ जीन्दगी सुरु गरकेो बताउँछिन् ।
त्यसो त सोमीले पाकिस्तानमा बच्चा समयमा धेरै प्रकारको हिंसा सहनुपपरेको र आफुले जस्तै थुप्रै किशोरीहरु यो प्रकारको घटनाको शिकार भएको समेत खुलाएकी छिन् । सोमी हिरोईन हुन् ।

