अभिनेत्री छुल्ठिम गुरुको निर्माणमा बन्न लागेको फिल्म 'डायरी' फ्लोरमा गएको छ । नोभेम्बर रेन फिल्मबाट डल्ली पात्रबाट चर्चामा आएकी छुल्ठिमले आफ्नो जन्मदिनमा केक काट्दै फिल्मको फ्लोर ओपन गरिन् ।

राजधानीको कमलादी स्थित गणेश मन्दिरमा पूजाआजा सहित छायाँकन सुरु हुँदा फिल्म युनिटका सदस्यहरुले कम्मर पनि मर्काए । फिल्मको केहि दृश्य काठमाडौंमा खिचिनेछ भने बाँकी दृ्श्यांकनको लागी निर्माण टिम चितवन र मकवानपुर पुग्नेछ ।
अनिल योञ्जनले निर्देशन गर्ने फिल्ममा अभिनेत्री रेखा थापा भिलेन छिन् । फिल्ममा रेखासँगै छुल्ठिम र सचिन सिंह लिड रोलमा हुनेछन् । फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन् ।
तश्विरः अनलाइनखबर

