Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गाँठोको चित्रकला प्रतियोगितामा ४ सय ७८ सहभागी

फिल्मीखबर, काठमाडौं, 2016/09/10
भाद्र ३१ गते प्रदर्शन मिती तोकेको गाँठो फिल्मले देशव्यापी चित्रकला प्रतियोगिताको अन्तिम तथा उपत्यका संस्करण सम्पन्न गरेको छ ।  देशव्यापी रुपमा आयोजना गरेको पेन्टिङ कम्पिटिसन पोखरा, बुटवल, चितवन, हेटौंडा, बिराटनगर, धरान, दमक लगायत १२ ठाउमा छुट्टाछुटै कम्पिटीसन गरिसकेको छ भने शनिबार काठमाडौं भर्जन समपन्न भएको हो । 
 
 
काठमाडौं धोवीघाट स्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा  सम्पन्न भएको हो । चलचित्रको थिम नै पेन्टिग भएकाले चलचित्र लेखन र निर्देशन गर्दा धेरै कलाकार संग संगत भएको लुकेर रहेका प्रतिभालाई प्रष्फूटन गराउने उद्देश्यले यो कार्यक्रम को आयोजना गरेको चलचित्रका निर्देशक सुरज भुषालले बताए ।
 
 
काठमाण्डौं, भक्तपुर, ललितपुर जिल्लाका सहभागी भएको कम्पिटिसनमा खुल्ला, कलेज लेभल, तथा स्कुल लेभल गरि ४७८ कलाकारले भाग लिएका थिए । खुल्ला, कलेज लेभल, तथा स्कुल लेभलका गरि छुट्टाछुट्टै तहमा प्रतियोगीता गरिएको थियो । 
 
 
वरिष्ठ कलाकार दुर्गा बराल बात्सायन प्रमुख निर्णायक रहेको यो प्रतियोगीतामा तिनै तहका उत्कृष्ट दश दश पेन्टिगंलाई प्रदर्शनी मा राख्ने र यसका साथै उत्कृष्ट तीन पेन्टिङलाई प्रदर्शनमा राखिने बताइएको छ । नेपाल भरबाट संकलन भएका  मध्येबाट उत्कृष्ट प्रतियोगीलाई क्रमश ५० हजार, ३५ हजार र २५ हजार प्रदान गरिने छ ।
 
सम्बन्धको कथा भन्ने चलचित्र गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रमा तिलक बहादुर केसी, नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । 
चलचित्र यहि भाद्र ३१ गतेदेखि देशभर प्रदर्शन हुदैछ ।
 
Most Visited News (monthly)