Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'छक्का पञ्जा' बम्पर ओपनिङ, देशैभर हाउफुल

फिल्मीखबर, काठमाडौं, 2016/09/10
 
 
अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको फिल्म 'छक्का पञ्जा'ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार रिलिज फिल्मले पहिलो दिन नै केहि हलमा हाउसफुल विजनेसको स्वाद चाखेको थियो । 
 
 
शनिबार भने फिल्म लागेका देशैभरका हल हाउसफुल छन् । वितरक तथा हल सञ्चालकहरुबाट प्राप्त जानकारी अनुसार फिल्म हेर्न हलमा दर्शक उर्लिएका छन् । राजधानीको गोपिकृष्ण हलमा शनिबार बिहान पाँच वटा पर्दा हाउसफुल बने भने अष्टनारायण हलमा पनि दर्शकको चाप उत्तिकै छ । 
 
सिंगल स्कृनमा जस्तै मल्टिप्लेक्समा पनि 'छक्का पञ्जा'को विजनेस उत्कृष्ट पाइएको छ । क्युएफएक्स तथा एफक्यू र विग मुभिज सबैतिर दर्शकको भिड छ । हाँस्य जनराको फिल्म हेर्ने दर्शकले पनि राम्रो भन्दै गर्दाको 'गुड वर्ड अफ माउथ'ले आईतबार, सोमबारको विजनेसमा समेत फाईदा पुग्ने देखिएको छ ।
 
फिल्मले शनिबार मात्रै १ करोड ग्रस विजनेस गर्ने अनुमान छ । फिल्ममा हाँस्य कलाकारिताका सर्वोच्च नामहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौड्याल, वुद्धि तामाङसँगै प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायत अभिनयमा छन् ।
Most Visited News (monthly)