सुगम पोख्रेल र सुमन गुरुङको आवाजमा रहेको फिल्म 'सफर'को गीत 'तिमी मेरो जीवन'को भिडियो सार्वजनिक भएको छ । उज्ज्वल मेघी गुरुङको शब्द रहेको गीतमा संजय गुप्ता र नुरजा श्रेष्ठलाई फिचर गरिएको छ ।
३ युवाको यात्रा समावेश गरी तयार भएको फिल्म यूवा फिल्मस्को ब्यानरमा तयार भएको हो । फिल्मम संजय गुप्ता, मनन सापकोटा, शिविर पोख्रेल र नुरजा श्रेष्ठको अभिनय रहेको छ ।
सम्पुर्ण छायाँकन अमेरिकामा सम्पन्न भएको फिल्मलाई आशिष श्रेष्ठले निर्देशन गरेका हुन् । युवापुस्ताको कथा समेटेर तयार भएको यो फिल्म असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

