Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

दीपा र प्रियंका भावुक | 'छक्का पन्जा'को बबाल रिपोर्ट (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/09/09
शुक्रबारबाट देशभर रिलिज भएको फिल्म 'छक्का पन्जा' ले दर्शकको उत्साहजनक साथ पाएको छ । बिहानीको शोदेखि नै अधिकांश हलमा हाउसफुल बनेको फिल्मले राम्रो प्रतिकृया समेत पाएको छ । 
 
निर्देशकको रुपमा डेव्यू गरेकी दिपाश्री निरौला दर्शकको उपस्थिती र प्रतिकृयाले निकै उत्साहित देखिईन् । दर्शकबाट पाएको राम्रो साथले उत्साहित बनेको निर्माण टिम र कलाकार दर्शकसँगै बसेर फिल्म हेर्न हल हलमा पुगेका थिए । 
 
निकै खुसी मुद्रामा देखिएकी प्रियंका कार्कीले भनिन्, 'दर्शकको यो मायाले केही भावुक बनाएको छ । हर्षका आँशु झरेका छन् ।' त्यस्तै निर्देशक दिपाश्रीले भनिन्,'दर्शकको यो साथले मन हर्षित बनेको छ । बिहान निकै भावुक पनि भएँ । एक बर्षको मेहनतको फल पाएकी छु ।'
 
प्रियंका दर्शकसँग आफै प्रतिकृया लिन उत्साहित बनेकी थिइन । दर्शकको प्रतिकृया अनि निर्माण टोलीको उत्साह तपाईं यो भिडियोमा हेर्न सक्नुहुनेछ । 
 

Most Visited News (monthly)