गत बर्षको सफल फिल्म 'प्रेमगीत २' सिक्वेलको लागी हिरोईन फाईनल भएकी छिन् । अभिनेता प्रदिप खड्कासँग रोमान्सको लागी २१ बर्षे अस्लेशा ठकुरी फाईनल भएकी हुन् ।

निर्माण कम्पनि आशुसेन फिल्मस् ले जारी गरेको प्रेस विज्ञप्तीमा अदिती फाईनल भएको उल्लेख छ । ५ फिट ५ ईञ्च अग्ली अदिती सोसियल वर्ककी छात्रा हुन् । अश्लेशाले यसअघि नै नाटकसम्बन्धि कक्षाहरु लिईसकेको बताईएको छ ।

पछिल्लो समय नृत्य प्रशिक्षणमा समेत व्यस्त अस्केशाको 'प्रेमगीत २' भने डेब्यू फिल्म हुनेछ । फिल्मको लागी केहि दिन पहिले निर्देशकमा रामशरण पाठकलाई अनुबन्ध गरिसकिएको छ ।
दशैंपछि फ्लोरमा जाने बताईएको फिल्मलाई सन्तोष सेनले निर्माण गर्नेछन् ।

