शुक्रबारबाट प्रतिच्छित फिल्म 'छक्का पञ्जा' प्रदर्शनमा आएको छ । सोलो रिलिजको अबसर पाएको फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । सिंगल स्कृन तथा मल्टिप्लेक्स दुबै लक्षित मानिएको फिल्मले क्युएफएक्समा मात्रै १४ शो पाएको छ भने बिग मुभिजले पाँच शो दिएको छ ।
मल्टिप्लेक्सका शुक्रबार र भोली शनिबारका अधिकांश शोहरु बुकिङ भईसकेका छन् । मल्टिप्लेक्समा सुरुमै दर्शकको चाप देखिईसकेको छ । दर्शकले फिल्म प्रति देखाएको चासो र उत्सुकता हेर्दा दिपाश्री निरौलाको डेब्यू निर्देशन रहेको छक्का पञ्जाले बम्पर ओपनिङ गर्नसक्छ ।
फिल्ममा दिपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, शिवहरी पौड्याल, बर्षा राउत, केदार घिमिरे लगायत लिड अभिनयमा छन् ।

