Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

किशोरको ड्राईभरवाला एक्शन ब्रेक लाग्ने कि गुड्ने ?

फिल्मीखबर, काठमाडौं, 2016/09/08
अभिनेता किशोर खतिवडाका भदौ महिनामा मात्रै दुई फिल्म रिलिज भईसके । 'शकुन्तला' र 'वृन्दावन' । दुबै फिल्मको विजनेसले उनलाई न्याय गरेन् । दर्शकको फ्लो हलमा खासै देखिएन् । यो बीचमा अर्को हप्ता पुनः उनको फिल्म रिलिज हुँदैछ 'ड्राईभर दाई' । 
 
एक्सन अबतारमा लगातार पर्दामा आएका किशोर 'ड्राईभर दाई' भदौ ३१ मा रिलिज हुँदा पनि एक्शन अबतारमै आउँदैछन् । त्यसैले लगातार पर्दामा नजमेका उनको उक्त फिल्म अर्को अग्नि परिक्षा बन्ने पक्का छ ।
 
मन्द गतिको प्रचार भएपनि निर्देशक बाबु बलामी फिल्मको प्रचारबाट सन्तुष्ट रहेको बताउँदै दर्शकको साथ मिल्ने दाबी गर्छन् । किशोरलाई पर्दामा जमाउने आफ्नै फिल्म रहेको ठोकुवा गरेका बलामीले ड्राईभरहरुको वास्तविक कथा नै फिल्मको विषयवस्तु रहेकोले सफल बन्ने विश्वास पोखे । 
 
तर लगातार पर्दामा किशोर किशोर आईरहँदा यो फिल्म नै पर्खेर बसेका दर्शक कति छन् त्यसले फिल्मको सफलतामा अर्थ राख्नेछ । यदि यो फिल्म पनि चलेन भने किशोरको असोज २१ रिलिज हुने 'किस्मत २'लाई पनि ह्याम्पर हुनसक्छ ।
 
'ड्राईभर दाई'मा किशोरसँग सिमा केसी अपोजिटमा छिन् ।
 
Most Visited News (monthly)