मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

प्रदिप र पूजाको जोडी वर्षकै उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2016/09/07
प्रेमगीत अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माले यो बर्ष पहिलो पटक फिल्म अवार्ड हात पारेका छन् । बुधबार सम्पन्न एलजी फिल्म अवार्ड समारोहमा यो जोडीले बर्षकै उत्कृष्ट अन स्कृन कपलको अवार्ड जित्यो । 
 
 
यो बर्ष सम्पन्न आधा दर्जन बराबर अवार्ड समारोहमा उत्कृष्टको मनोनयनमा परे पनि यी दुईले नै एक पनि अवार्ड हात पारेका थिएनन् ।
 
सन्तोष सेन निर्मित तथा सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत'ले सर्वाधिक धेरै विधामा भिन्ना भिन्नै अवार्डमा मनोनयनको स्वाद चाखे पनि अभिनेता अभिनेत्री तथा फिल्म तर्फ अवार्ड पाएको थिएन् । 
 
यस्तै फिल्मको रिलिज पश्चात सम्बन्धमा दरार आएको चर्चा चल्दै गर्दा ५१ दिने सक्सेस पार्टी पछि पहिलो पटक प्रदिप र पूजाले एकसाथ स्टेज सेयर पनि गरे । एक अर्काले मुस्कान छाड्दा अनि अवार्ड उचाल्दा दर्शक दिर्धामा ताली र सिट्ठी बजेको थियो ।
 
फिल्मले उत्कृष्ट संगीत तथा कोरियोग्राफी, व्याकग्राउण्ड स्कोर तर्फ पनि अवार्ड हात पारेको छ ।