Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

एलजी फिल्म अवार्ड: दयाहाङ र नम्रता उत्कृष्ट (सुचीसहित)

फिल्मीखबर, काठमाडौं, 2016/09/07
मंगलबार सम्पन्न एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राई र अभिनेत्री तर्फ नम्रता श्रेष्ठ उत्कृष्ट बनेका छन् । दयाहाङले फिल्म कबड्डी कबड्डी र नम्रताले क्लासिकबाट अवार्ड जिते । 
 
 
यस्तै बर्षको उत्कृष्ट फिल्मतर्फ पशुपतिप्रसादले अवार्ड जित्यो भने उत्कृष्ट निर्देशकमा पनि सोहि फिल्मबाट दिपेन्द्र के खनालले अवार्ड पाए । यस्तै बर्षको पपुलर हिरो तर्फ अनमोल केसी र हिरोईनमा रेखा थापा घोषित भइन् । 
 
 
उद्धवराज भटटराईलाई लाईफटाईम एचिभमेन्ट अवार्डमाट सम्मानित गरिएको कार्यक्रममा प्रमुख अतिथी वलिउड अभिनेता सत्रुघन सिन्हा थिए  । कार्यक्रममा सत्रुघनको बायोपिक पुस्तक 'खामोस' पनि बिमोचन गरियो । 
 
अवार्ड विजेताको नाम यसप्रकार छः
 
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्लेः पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान ,सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)
उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)
Most Visited News (monthly)