Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युकेमा बनेको `ब्ल्याक समर`को टिजर रिलिज

गोबिन्द अर्मजा, लन्डन, 2016/09/06
एलबिएस फिल्म युके एण्ड नेपालले बेलायतमा 'ब्ल्याक समर' नामक फिल्म निर्माण गरेको छ । एलबी सुब्बाको लेखन तथा निर्देशन रहेको उक्त फिल्मको टिजर सार्वजनिक गरिएको छ । 
 
बेलायतका रमणीय स्थानहरुमा छायाँकनको अन्तिम चरणमा रहेको यस फिल्ममा रीमा विश्वकर्मा, रितेश राई, अमिषा राईको मुख्य भूमिका छ । ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाको लगानी रहेको यस फिल्ममा ताराप्रकाश लिम्बु, हरि लम्साल, उदेश श्रेष्ठ र राजकुमार बगरको संगीत रहेको छ भने प्रतीक दुतराजको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।
 
त्रिकोणात्मक प्रेमकथा अनि सस्पेन्स थ्रिलरको यो फिल्म २०१७ को आगमनसंगै देश बिदेशमा रिलिज हुने बताईएको छ ।  
 

Most Visited News (monthly)