Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मण्डलामा खोलियो छुल्ठिमको डायरी, तर आइनन् रेखा

फिल्मीखबर, काठमाडौं, 2016/09/06
'नोभेम्बर रेन' फिल्मको 'डल्ली' पात्रको भुमिकाबाट चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ निर्मात्री बनेकी छिन् । छुल्ठिमको निर्माणमा बन्न लागेको फिल्म 'डायरी'को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । 
 
 
फिल्ममा छुल्ठिम लिड अभिनयमा समेत रहनेछिन् । सोहि फिल्ममा अपोजिट  क्यारेक्टरमा देखिन लागेकी अभिनेत्री रेखा थापा भने कार्यक्रममा उपस्थित रहिनन् । जानकारीमा आए अनुसार रेखा 'हिरो रिटर्न्स' नामक फिल्मको छायाँकनमा रहेकोले उपस्थित नभएकी हुन् । 
 
 
फिल्ममा सन्नी सिंह लिड अभिनेता रहने बताईएको छ । अनिल योञ्जनले निर्देशन गर्ने फिल्मको कथा छेतेन गुरुङले लेखेका हुन् । यहि भदौ २६ बाट फ्लोरमा जाने भनिएको फिल्मको बारेमा बोल्दै छुल्ठिमले आफु इक रोमान्टिम अनि चुलबुले गर्लको भूमिकामा पर्दामा आउन लागेको बताईन् । 
 
नोभेम्बर रेनमा उनले गरकेो कामको निकै तारिफ भएको थियो भने त्यसपश्चात उनले फिल्म नै नगर्ने घोषणा गरेकी थिईन् । तर सञ्चारकर्मी समेत रहेकी छुल्ठिमले मिडिया र फिल्म फरक नभएको भन्दै उपस्थिती जनाईरहनु पर्ने देखेर पर्दामा पुनः निर्मात्री समेत बनेर फर्किन लागेको बताईन् ।
Most Visited News (monthly)