Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अफ्रिकन फिल्मकर्मीहरु काठमाडौंमा

फिल्मीखबर, काठमाडौं, 2016/09/06
करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरु काठमाडौमा आएका छन् । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’ले आयोजनामा हुन गइरहेको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ मा सहभागी हुन उनिहरु नेपाल आएका हुन् । 
 
 
पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीको कपलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सिजिएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी फिल्मबारे जानकारी गराएको छ । यसपटक नेपाललगायत ९ मुलुकका फिल्म फेस्टिवलमा स्क्रिनिङ गराइँदैछ । 
 
फेस्टिवलमा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीका प्रोफेसर क्रिस्टिना युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राँक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायतका फिल्मकर्मी राजधानी आएका छन् । 
 
कार्यक्रममा बोल्दै तान्जिनियाका फिल्म निर्देशक मार्टिनले भने, ‘अधिकांश अफ्रिकी मुलुकहरु गृहयुद्धको चपेटाले गर्दा पछाडि परेकाछन् । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन ।’ उनले ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ले संस्कृति तथा देशको भूगोलबारे जान्ने अवसर प्रदान गर्ने बताए । 
 
उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने फेस्टिबलको पहिलोदिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म लुमुम्बा स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म मसान स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका बिभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशको उपस्थिति रहने डा. मिश्रले बताइन् ।
Most Visited News (monthly)