Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कालोपोथी' ओस्कार अवार्डमा

फिल्मीखबर, काठमाडौं, 2016/09/06
ओस्कार अवार्ड २०१७ मा नेपाली फिल्मको प्रतिनिधित्व 'कालोपोथी'ले गर्ने भएको छ । एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेस्द्वारा सन् २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड)मा कालोपोथीले नेपलको प्रतिनिधित्व गर्ने भएको हो ।
 
दिपेन्द्र के खनाल निर्देशित पशुपतिप्रसाद, 'को  आफ्नो' र मिन भाम निर्देशित कालोपोथी प्रतिस्पर्धामा रहेपनि अन्ततः विदेशी भाषी चलचित्र जाँचपास समितिले कालोपोथीलाई सिफारिस गरेको हो । 
 
 एकेडेमी अवार्डको लागी सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गर्दा 'कालोपोथी' छनोट भएको चलचित्र विकास वोर्डले जनाएको छ । 
 
कालोपोथीले यसअघि नै विदेशमा सम्पन्न विभिन्न अवार्ड समारोहमा पुरस्कार तथा अवार्ड जितिसकेको छ ।
Most Visited News (monthly)