Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरो बारेमा नराम्रो बोल्ने वा लेख्नेलाई छोड्दिन` : पूजा शर्मा

फिल्मीखबर, काठमाण्डौ, 2016/09/05
धेरै फिल्ममा अभिनय गरेर पनि सफल बन्न नसकेकी अभिनेत्री पूजा शर्माले फिल्म 'प्रेमगीत'बाट सफलताको स्वाद चाखिन् । कतिपयले फिल्म सफल बने पनि पूजा सफल नभएको बताए पनि पूजाले राम्रै चर्चा बटुलिन् । 
 
अभिनेत्री पूजा शर्मा कन्ट्रोभर्सीमा समेत परिरहन्छिन् । कहिले निर्देशक सुदर्शन थापासँगको प्रेम सम्वन्धको चर्चामा त कहिले 'प्रेमगीत' अभिनेता र निर्मातासँग बिग्रिएको सम्वन्धले विवादमा आईन् । 
 
अहिले पूजा अर्को एक प्रसँगले चर्चामा छिन् । त्यही विवादको विषयमा प्रतिकृया बुझ्न फिल्मीखबरले पूजासँग कुराकानी जोडेको छ । यस बिषयमा पूजाले भनिन्,'कसैले मेरो नराम्रो गरेको सहन सक्दिन र छोड्दिन पनि ।' मानहानीको मुद्दा दायर गर्न समेत तयार भएको बताएकी पूजाको खास विवाद के थियो ? भिडियोमा हेर्न सक्नुहुनेछ ।
 

Most Visited News (monthly)