यो हप्ता प्रतिच्छित फिल्म 'छक्का पञ्जा' रिलिज हुँदैछ । यसअघि 'छ एकान छ र वडा नम्बर छ' जस्ता हिट फिल्म दिएको निर्माण टिमको यो फिल्मलाई लिएर दर्शकमा कौतुहलता बढ्दै जाँदा प्रचार पनि व्यापक बन्दै गएको छ ।
निर्माण टिम तिलिजको लागी केहि दिन मात्रै बाँकी रहँदा काठमाडौंसँगै मोफसलमा प्रचारको गतिलाई थप अघि बढाउँदैछ । सोमबार मात्रै निर्देशक दिपाश्री निरौला चितवनमा पत्रकार सम्मेलनको लागी पुगिन् । अनि फिल्मको बारेमा बोल्दै चितवने दर्शकलाई रिलिजपछि हलमा पुग्न आग्रह गरिन् ।
आफ्नो तर्फबाट फिल्मलाई उत्कृष्ट बनाउने प्रयास गरेको भन्दै दर्शकको टिकटको पैसा खेर जान नदिने गरि फिल्म तयार गरेको दिपाश्रीले यसअघि नै बोल्दै आएकी छिन् ।
दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत लगायत अभिनयमा रहेको यो फिल्म अहिले सामाजिक सञ्जालदेखि मिडियाहरुमा उच्च प्रचारमा छ । फिल्म यो हप्ता सोलो रिलिज हुँदैछ । अन्य कोहि पनि प्रतिस्पर्धि मैदानमा छैनन् ।

