Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली पहिलो महिला निर्देशकले निर्देशन गर्ने हिन्दी फिल्म घोषणा

बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/09/05
नेपालको पहिलो महिला निर्देशक तथा चलचित्र निर्देशक समाजकी वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन् । राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गरी उनको निर्देशनमा बन्ने गरी फिल्म 'चक्र'को घोषणा गरियो । 
 
 
नेपाल र भारत दुबै देशमा खिचिने भनिएको फिल्ममा उनीसँगै निर्देशनमा राजेश राजले साझेदारी गर्नेछन् । नेपाली र हिन्दी दुई भाषिय समुदायमा खिचिने भएकोले दुबै तर्फको रहन सहन बुझ्न अनि संस्कृतिमा भिज्दै फिल्म निर्माणको लागी सहज पुर्याउने हेतुले दुई निर्देशक राखिएको बताईएको छ । 
 
 
नेपाल तथा भारतका फिल्मकर्मी सहभागी प्रेसमिटमा बोल्दै निर्माणमा समेत साझेदारी गरेकी निर्देशक सुचित्राले फिल्म बनाउनको लागी मुख्य निर्माता अनवर राज र कथा लेखक शशि कुमारसँग चार पाँच बर्ष पहिले देखी नै कुरा अघि बढे पनि विभिन्न विषयको बिमती साम्य भएसँगै बल्ल प्रोजेक्ट अघि बढाउन लागेको बताईन् । 
 
 
नेपाली फिल्म बजारमा बढ्दो हिन्दी फिल्मको प्रभाव नियाल्दै हिन्दी भाषाको फिल्म निर्देशनमा लागेको भएपनि उक्त फिल्मको लागी भने सबै प्राविधिक र प्रविधी नेपालको नै प्रयोग गर्ने भनाई सुचित्राको छ । उनका अनुसार फिल्मको ७५ प्रतिशत भाग भारतको बिहारमा र २५ प्रतिशत भाग नेपालमा छायाँकन हुनेछ ।
 
फिल्ममा नेपाल र भारत दुबै देशका कलाकारहरु लिड भुमिकामा हुने बताईएको छ । तिहारको छेकोमा लक्ष्मीपुजाको दिनबाट फ्लोरमा जाने बताईएको फिल्मको कलाकारको बारेमा खुलाउँदै निर्देशक सुचित्राले भनिन्, 'नेपालको लिड हिरो भए, हिरोईन भारतको र भारतको लिड हिरो भए नेपाली लिड हिरोईन राख्नेगरी अघि बढेका छौं, कलाकार छिट्टै फाईनल हुँदैछन् ।'
 
१२ करोड भारतिय रुपैयाँ बजेट बताईएको फिल्म रिलिजपछि सफल हुँदै गर्दा नाफाको १ प्रतिशत सेयर चलचित्र निर्देशक समाजलाई उपलब्ध गराउने घोषणा कार्यक्रममा निर्माता अनवरले गरे । 
 
हिन्दी भाषामा बनाउने भन्दै नेपालमा यसअघि पनि धेरै फिल्म घोषणा गरिएपनि बनेका उदाहरण छैनन् । त्यसैले यो प्रोजेक्ट के हुन्छ त्यो भने सुरुमा फ्लोरमा जान्छ जाँदैन् भन्ने कुराले बोल्नेछ ।
 
'प्रेमयुद्ध' फिल्ममा एक्शन कट गर्दै निर्देशनमा हात हालेकी सुचित्रा त्यसपछि 'को कसको' फिल्म बनाएसँगै केहि बर्ष निर्देशनबाट टाढा थिईन् ।
 
Most Visited News (monthly)