२०२१ सालमा 'आमा' फिल्ममा हाँस्य कलाकारको रुपमा बसुन्धरा भुषाल प्रवेश गरेसँगै फिल्मी क्षेत्रमा महिला हाँस्य कलाकारको जन्म भयो । ५० बर्ष भन्दा लामो समय यही क्षेत्रमा बिताएकी बसुन्धरा धेरै कलाकारको प्रेरणाकी स्रोत हुन् ।
राजधानीमा आयोजित एक समारोहमा उनै अब्बल कलाकार बसुन्धरा भुषालसँग फिल्मीखबरले बिभिन्न प्रसङ्ग उठाउदै कुराकानी जोडेको छ । पछिल्लो समय अवार्ड कार्यक्रममा बिकृती बढ्दै गएकोमा उनले चिन्ता ब्यक्त गरिन् । उनले भनिन्', 'अवार्ड कुनै बजारमा बेच्न राखिएको समान हैन जस्लाई किनबेच गर्न गरियोस् । यो त कलाकारलाई सम्मान हो जस्ले हरेकलाई केहि गर्ने हौसला, प्रेरणा दिन्छ ।'
हाँस्य कलाकारलाई जोकरको रुपमा लिइने त्यो समयबाट गुज्रिएकी भुषालले हाँस्य कलाकारलाई हेर्ने नजर बदलिएकोमा र सम्मान गर्ने प्रचलन बढेकोमा खुशी समेत व्यक्त गरिन् । आफ्नो मिहेनत र परिश्रमबाट सधै सफल बन्न सकिने बताउने बसुन्धरा भुषालसँग गरिएको कुराकानी रमाईलो कुराकानी हेर्नुहोस् ।

