Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो रह्यो रमेश उप्रेतीको कमब्याक ?

फिल्मीखबर, काठमाडौं, 2016/09/04
महानायकको उपमा पाएका राजेश हमालको कमब्याक भन्दै 'बागमती' फिल्मको प्रचार गरियो, फिल्म चलेन् । विराज भट्टको कमब्याक भनेर 'परशुराम' को प्रचार गरियो त्यो पनि सोचेजस्तो चलेन् । 'भैरब'बाट निखिलको कमब्याक भने राम्रो मानियो । 
 
कमब्याकको भीडमा यो हप्ता पर्दामा रमेश उप्रेती आए । यसअघि नै गत बर्ष रिलिज फिल्म 'भाग् सानी भाग्'को एक गीतमा देखिईसकेका उप्रेतीको खास भुमिका रहेको फिल्म 'ब्रासलेट' यो हप्ता रिलिज भयो, प्रदर्शनको विकेण्ड सकिँदै गर्दा दर्शकमा कौतुहलता पक्कै छ उप्रेतीको कमब्याक कस्तो रह्यो त ?
 
तीजको छेकोमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन २५ देखी ३० प्रतिशत अकुपेन्सीमा विजनेस गर्यो । दोश्रो दिन शनिबार सार्वजनिक बिदा अनि तीजको अघिल्लो दिन नै परेपनि चमत्कारिक बिजनेस गर्न सकेन् । तीजको दिन नै परेपनि आइतबार पनि औसत विजनेस गरकेो छ । निर्देशक निर्मल शर्माले आईतबारको विजनेसलाई सुखद बोलेका छन् ।
 
त्यसैले उप्रेतीको कमब्याकलाई रिलिजको पहिलो तीन दिन हेर्ने हो भने दमदार मान्न सकिँदैन् । विकेण्डमा औसतमात्र विजनेस गरेको फिल्मको विजनेसबाट नै रमेश उप्रेतीको नाममा उनलाई खोज्दै दर्शक पुगेको पाईएन् । जसले उप्रेतीको स्टारडमको पनि भ्यालु बोलेको छ कि रमेश उप्रेतीको नाममा फिल्म हेर्न हलमा पुग्ने दर्शक अहिले छैनन् ।
 
पुरानो क्रेज अस्ताईसक्यो अब उनको पुस्तालाई पर्दामा जम्न मुश्किल छ भन्ने कुराको प्रमाणित पनि रमेश उप्रेतीको कमब्याकले बोलेको छ । फिल्मको विजनेसबाट निर्माता केशव भट्टराई अनि निर्देशक निर्मल शर्मा पनि सन्तुष्ट नरहेको बुझ्नसकिन्छ ।
 
यस्तै यहि फिल्मको विजनेसले 'ब्रासलेट'सँग जोडिएका दुई अभिनेत्री रजनी केसी र नम्रता सापकोटाको नाममा हलमा पुग्ने दर्शक कति भन्ने कुराको पनि प्रश्न उब्जेको छ ।
Most Visited News (monthly)