बिग बी' अमिताभ बच्चन र आमिर खानबीच टिमअप पक्का भएको छ । यशराज व्यानरको नयाँ प्रोजेक्ट 'थग'को लागी यो दुई हिट अनुहार पहिलो पटक एकसाथ पर्दामा देखिने पक्का भएको हो ।

वलिउडको एक प्रतिच्छित मिडियालाई अन्तर्वार्ता दिँदै बिगबीले आमिरसँग काम गर्न पाउनु आफ्नोलागी गर्वको कुरा रहेको बताएका छन् । तर उनले फिल्मको बारेमा अरु कुरा खोल्ने अधिकार नपाएको भन्दै केहि खुलाउन नसक्ने बताएका छन् ।
वलिउडका बिग बि अमिताभले सयौं फिल्म खेलिसक्दा अनि पछिल्लो पुस्ताका निकै लोकप्रिय आमिर अहिलेसम्म पर्दामा सँगै काम गरेका थिएनन् । आमिरले पनि यो कुरालाई ऐतिहासिक भनेका छन् ।
'थग' नाम दिईएको टाईटललाई फाईनल नभएको दाबी गरेका अमिताभले छिट्टै नै फिल्मको नाम र कास्ट एण्ड क्रियूको बारेमा मिडियामा कुरा सार्वजनिक गरिने समेत बताएका छन् ।

