Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नवौं नेफ्टा अवार्ड घोषणा, यो पटक पनि विदेशमा हुने

फिल्मीखबर, काठमाडौं, 2016/09/04
चलचित्र प्राविधिक संघको आयोजनामा हरेक बर्ष हुँदै आएको अवार्ड 'नेफ्टा फिल्म अवार्ड'को नवौं संस्करण घोषणा भएको छ । पछिल्लो तीन बर्ष विदेशमा सम्पन्न भएको अवार्ड यो पटक पनि विदेशी भुमिमा नै हुने भएको छ । 
 
 
आईतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नवौं नेफ्टा अवार्ड युएईको दुबईमा हुने जानाकरी गराईयो । तारे होटलमा आयोजित कार्यक्रममा नेफ्टा बर्तमान अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको बारेमा प्रष्ट्याए । दुबईमा अवार्ड व्यवस्थापनको काम भने कन्सेप्ट भिजन फिल्म प्रोडक्शन तथा वितरण कम्पनिले गर्नेछ ।
 
 
आउँदो डिसेम्बर २३ अर्थात पौष ८ मा हुने अवार्डको लागी जुरीहरुले फिल्म हेर्ने क्रम सुरु भईसकेको आयोजकले बताएको छ । तर जुरी सदस्यमा को को छन र कस-कसले फिल्म छनौट गर्दैछन् भन्ने कुरा भने कार्यक्रममा खुलाईएन् । 
 
विगतका बर्षमा ३४ विधामा हुँदै आएको अवार्डमा यो पटकदेखी विधामा कटौती गर्दै २८ विधामा झारिएको छ । यो पटक केहि प्राविधिक विधा थप गरिएको भनिएपनि कुन विधा हटाईयो र थप गरियो केहि पनि बाहिर ल्याईएको छैन् ।
 
दुबई अवार्डमा १ सय बढि फिल्मकर्मी सञ्चारकर्मी पुग्ने बताईएको छ । नेपाली फिल्म क्षेत्रमा निरन्तर लागिरहेका प्राविधिक र स्रष्टालाई सम्मान गर्नु नै कार्यक्रमको उद्देश्य रहेको आयोजकले बताएको छ ।
Most Visited News (monthly)