Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'वीर विक्रम'को सफलतासँगै निर्देशकबाट नयाँ प्रोजेक्ट घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/09/02
प्रदर्शनको तेश्रो हप्तामा प्रवेश गरेको फिल्म 'वीर विक्रम' निर्देशक मिलन चाम्सले नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । फिल्मको विजनेस अनि समिक्षाबाट पाएको सुखद समिक्षासँगै प्रफुल्लित बनेका चाम्सले नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । 
 
'ह्याप्पी डेईज' (Happy Days) नाम दिईएको फिल्मको छिट्टै नै राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक रुपमा निर्माण घोषणा गर्ने तयारीमा चाम्स छन् ।
 
फिल्ममा वीर विक्रम अभिनेता दयाहाङ राई र अनुपबिक्रम शाही पुनः दोहोरिने सम्भावना बढि छ । तर निर्देशन चाम्सले सबैकुरा पछि नै खुल्ने भन्दै यो विषयमा केहि कुरा खुलाउन चाहेनन् । 
 
नयाँ प्रोजेक्टमा निर्मातामा बिपी खनाल र नरेश शर्मा आएका छन् । फिल्म चाम्स ईन्टेटेन्मेन्टको व्यानरमा तयार हुनेछ । 'वीर विक्रम'मा निर्देशक चाम्स आफै निर्माता थिए । फिल्म यो वर्ष नै निर्माण भई नयाँ बर्षको छेकोमा प्रदर्शनमा आउने अनुमान लगाईएको छ ।
 
'हँसिया' निर्देशन गर्दै एक्शन कटमा हात हालेका चाम्सले 'वीर विक्रम'सम्म आईपुग्दा दर्शक तथा शुभचिन्तकहरुको मन जितिसकेका छन् ।
 
त्यसो त चाम्सको निर्देशन तथा निकेश लिम्बुको निर्माण रहनेगरी 'व्लाईण्ड रक्स' नामको प्रोजेक्ट यसअघि नै घोषणा भईसकेको छ । चाम्सको 'वीर बिक्रम'ले हालसम्म २ करोड बढिको विजनेस गरिसकेको वितरण कम्पनिको दाबी छ ।
Most Visited News (monthly)