अर्जुनकुमारको निर्माण तथा दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म चपली हाईट २ ले प्रदर्शनको तेश्रो हप्तामा प्रवेश पाएको छ । सिंगल स्कृन भन्दा पनि मल्टिप्लेक्समा बढि रुचाईएको फिल्म यो शुक्रबारबाट प्रदर्शनको तेश्रो हप्तामा प्रवेश गरेको हो ।
फिल्मले दुई हप्तामा डेढ करोड माथीको विजनेस गरेको निर्माण टिमको दाबी छ । नव अभिनेता आयुष्मान देशराज श्रेष्ठ फिल्मबाट हिरो बने । सामाजिक सञ्जालमा राम्रो फ्यान फलोईङ बनाईसकेका आयुष्मानको कामको तारिफ पनि राम्रै देखिएको छ ।
फिल्ममा आयुष्मानसँगै परमिता आरएल राना र मरिष्का पोखरेल पनि लिड रोलमा छन् । फिल्मले अहिले पनि क्युएफएक्समा चार शो र बिग सिनेमामा २ शो पाईरहेको छ ।
फिल्मको विजनेसबाट सन्तुष्ट व्यक्त गर्दै निर्माता अर्जुनकुमारले चपली हाईटको तेश्रो सिक्वेल समेत निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

