निकै लामो समयपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दै गरेकी अभिनेत्री संचिता लुईटेल 'राधा' फिल्म मार्फत नेपाली फिल्म क्षेत्रमा पुनरागमन गर्दैछिन् । यही फिल्म र आउँदै गरेको तीजको अवसरमा रहेर संचितासँग फिल्मीखबरले बिशेष कुराकानी गरेको छ ।
अभिनेत्री लुईटेलले तीज महिलाको लागि बिशेष हुने बताउदै दशैं भन्दा पनि बिशेष लाग्ने बताईन् । सजिनको लागि हरेक महिलालाई मनपर्ने पर्व तीज मा आफू पनि सजिन कुनै कन्जुस्याईं नगर्ने उनको भनाई छ ।
यस्तै संचिताले आफू शिर्ष भूमिकामा रहेको 'राधा' फिल्म आफ्नो लागि महत्वपूर्ण रहेको र दर्शकको लागि राम्रो फिल्म बनेको बताईन् । कुनै समय निकै रुचाइएकी संचिता पुन: फिल्मी क्षेत्रमा सफल हुने हुन् या हैनन्, 'राधा' फिल्म रिलिज पछि नै थाहा हुनेछ ।
अहिलेका लागि संचितासँग गरिएको छोटो मिठो अनि रमाईलो कुराकानी -

