महिलाहरुको महत्वपूर्ण पर्व तीज हो । तीजमा सजावट अनि सेलिब्रेसनको लागी महिला सधैं उत्सुक हुन्छन् । अभिनेत्री दिपाश्री निरौलालाई पनि गज्जबले तीज लागेको छ ।
फिल्मीखबरसंगको एक जम्काभेटमा दिपाले भनिन्, 'म हरेक वर्ष व्रत बस्ने गर्छु अनि तीज पनि बिशेष हुने गर्छ ।' ब्रत बस्ने प्रसङ्गमा दिपाले रमाइलो जवाफ दिइन्, 'यत्रो बर्ष राम्रो वर पाउन व्रत बसियो तर यो पिपलाले कहिले सुन्दर वर पाएन । अव यो वर्ष आफ्नो अनि छक्का पन्जाको लागी ब्रत वस्ने छु ।' दिपाश्रीसँगको बिशेष कुराकानी तपाईं भिडियोमा हेर्न सक्नुहुनेछ ।

