अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म 'वृन्दावन' शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । राजबहादुर शाने निर्देशित फिल्मको विजनेसलाई लिएर शिल्पाको करियरको हिसाब पनि सुरु भएको छ ।
यसअघि प्रदर्शनमा आएको उनको फिल्म 'फागु'ले सफलता पाउन सकेन् । छबिराझ ओझासँग जोडिएर आएका फिल्म 'लज्जा' र 'हवल्दार सुन्तली'को सफलता बाहेक अन्य व्यानरको फिल्मबाट आउँदा सुरुमै शिल्पा सफल भईनन् । त्यसैले 'वृन्दावन'को विजनेसले शिल्पाको परिक्षा र नतिजा दुबै बोल्नेछ ।
यदि यो फिल्म पनि सफल भएन् भने त्यसको असर छबिको फिल्म 'किस्मत २' लाई पर्न सक्छ । 'वृन्दावन' र 'किस्मत २' सुबै फिल्ममा किशोर खतिवडासँग देखिँदै गरेकी शिल्पाको लगातार असफलता जोडिँदा तनाब छबिलाई बढ्नुलाई अन्यथा लिनु नपर्ला ।
कुनै पनि फिल्मको लिड हिरोईनको लगातार दुई फिल्म पर्दामा सफल नहुँदा आउने तेश्रो फिल्ममा उनलाई दर्शकले पत्याउने नपत्याउने भन्नेकुराले पनि अर्थ राख्नसक्छ । त्यसैले बाँदरसँगै किशोरको अपोजिटमा आउँदै गरेकी शिल्पा कति सफल हुन्छिन या हुँदिनन् अनि 'वृन्दावन' झट्का छबिसम्म पुग्छ या पुग्दैन त्यो हेर्न बाँकी छ ।

