निर्देशक दिनेश डिसी अध्यक्ष रहेको कम्पनि सिनेमा सर्कल नेपालको आयोजनामा हुन लागेको पहिलो फिल्म अवार्ड 'एलजी फिल्म अवार्ड २०७३' मा प्रतिस्पर्धामा परेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

केहि भिन्न बिधालाई समावेश उर्दै पर्दा पछाडीका अनुहारलाई समेत स्थान दिने उद्देश्यका साथ आयोजना हुन लागेको फिल्म अवार्डको उत्कृष्टको दौडमा पछिल्लो बर्ष रिलिज अनि व्यवसायिक रुपमा सफल फिल्महरु परेका छन् ।
'प्रेमगीत', 'क्लासिक', 'ड्रिम्स', 'वडा नम्बर छ', 'पशुपतिप्रसाद' र 'कबड्डी कबड्डी' उत्कृष्ट फिल्मको दौडमा छन् भने निर्देशकमा पनि उल्लेखित फिल्मका निर्देशकहरु परेका छन् । अधिकांश विधामा 'प्रेमगीत', क्लासिक र वडा नम्बर छ फिल्म प्रतिस्पर्धामा छन् ।
भदौ २२ गते काठमाडौंमा सम्पन्न हुने अवार्ड समारोहमा वलिउड अभिनेता सत्रुध्न सिंह प्रमुख अतिथी रहने बताईएको छ । यहि भदौ १७ गते अवार्ड समारोहमा सम्मान गरिने लाईफटाईम एचिभमेन्ट अवार्ड विजेताको नाम सार्वजनिक गर्ने आयोजकले बताएको छ ।
हेर्नुहोस प्रतिस्पर्धामा परेका उत्कृष्ट पाँचको मनोनयन सुचीः


