गत बर्ष रिलिज सफल फिल्म 'प्रेमगीत'को सिक्वेलमा नयाँ निर्देशक आएका छन् । स्कृप्ट लेखक रामशरण पाठकले 'प्रेमगीत २' लाई निर्देशन गर्ने निर्माता सन्तोष सेनले बताए ।

निर्माता सेनको सोमबार परेको जन्मदिनको अवसरमा फिल्मको निर्देशक सार्वजनिक गरिएको हो । 'प्रेमगीत' लाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने उक्त फिल्मका लेखक सिक्वेल निर्देशक घोषणा गरिएका पाठक थिए ।

त्यसो त प्रेमगीत सिक्वेलमा हिरोईन पनि नयाँ आउने पक्का भएको छ । निर्माता सेनले फिल्मीखबरसँग कुरा गर्दै नयाँ ट्यालेन्ट अनुहारलाई आफ्नो फिल्ममा अनुवन्ध गरिसकेको दाबी गरे । हिरोईन सार्वजनिक गर्न आनाकानी गरेका सेनले दशैंपछि फिल्म फ्लोरमा जाने भन्दै सोहि समयमा मात्र हिरोईन को भन्ने खुलाउने बताए ।
फिल्ममा अभिनेतामा 'प्रेमगीत' हिरो प्रदिप खड्का नै हुनेछन् । खड्का पछिल्लो समयका हटकेक हुन् । 'प्रेमगीत'मा प्रदिपको अपोजिटमा हिरोईन पूजा शर्मा थिईन् ।

