तिहार रिलिज हुने फिल्म 'राधा'को गीत रिलिज भएको छ । केहि हप्ता पहिले सार्वजनिक फिल्मको पहिलो गीतले एक प्रकारको हाईप बनाउँदै गर्दा फिल्मको दोश्रो गीत रिलिज गरिएको हो ।
सार्वजनिक 'आँखालाई के दोष' बोलको गीतमा अभिनेता जीवन लुईंटेल र अभिनेत्री सञ्चिता लुईंटेल फिचरिङमा छन् । फिल्मको गीतमा स्वर प्रल्हाद तिमिल्सिना र मिलन अमात्यले दिएका छन् ।
बसन्त सापकोटाले संगीत भरेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको छ । योगेश घिमिरे निर्देशित फिल्मको छायाँकन पुर्वी नेपालमा गरिएको छ ।

