Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हरेक बर्ष २ सन्तान जन्माउने आमिरको उद्घोष !

एजेन्सी, मुम्बई, 2016/08/29
वलिउड स्टार आमिर खानले हरेक वर्ष दुई सन्तान जन्माउने उद्घोष गरेका छन् । बर्षौदेखि बलिउडमा जमिरहेका आमिरले दंगाल रिलिजको तयारी हुँदैगर्दा फिल्म उद्योगको लागी हरेक बर्ष दुई राम्रो कलाकार ल्याउने बोलेका हुन् । 
 
कलाकारिता क्षेत्रमा लाग्न चाहने तथा संभावना बोकेका युवा युवतीलाई सोहि प्रकारको स्थान दिनुपर्ने उद्देश्यसहित हरेक बर्ष दुई कलाकरलाई ट्रेनिङ्ग दिने सोचमा आमिर अनि उनको टिम पुगेको बुझिएको छ ।
 
त्यसो त आमिरले यसअघि नै रिलिजको आफ्नो फिल्म 'दंगाल'मा समेत दुई नयाँ अनुहारलाई आफ्नै ट्रेनिङ्गपछि अभिनयमा जोडेको बताईएको छ ।
 
आमिर पछिल्लो फिल्म 'पिके' पछि पर्दामा आएका छैनन् । बहु प्रतिच्छित मानिएको उनको फिल्म 'दंगाल'लाई लिएर आमिर फ्यानहरु निकै उत्साहित छन् ।
Most Visited News (monthly)