मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साम्राज्ञीसँग सलिनको जोडी बाँध्दै गुपचुप फ्लोरमा झरना

फिल्मीखबर, काठमाडौं, 2016/08/25
अभिनेत्री झरना थापाको डेब्यू निर्देशनमा बन्दै गरेको फिल्म 'ए मेरो हजुर' मा यसअघि नै अनुबन्ध भईसकेकी 'ड्रिम्स' गर्ल साम्राज्ञलक्ष्मी शाहसँग अनस्कृन रोमान्समा २२ बर्षे ठिटो सलिन मान देखिने खुलेको छ । गुपचुप रुपमा बुधबारबाट फिल्म फ्लोरमा गएको भनिए पनि झरनाले हालसम्म लिड अभिनेता सार्वजनिक गरेकी थिईनन् । 
 
 
५ फिट ८ ईञ्ज उचाई तथा आकर्षक कदका धनी सलिन साम्राज्ञीको अपोजिटमा फिट भएसँगै केहि समय पहिले फिल्ममा अनुबन्ध भएको बताईन्छ । म्यानेज्मेन्टमा विधार्थी सलिन काठमाडौं न्यूरोडका स्थानिय बासिन्दा हुन् भने नृत्यमा पनि पोख्त रहेको बताईन्छ ।
 
तर फिल्म तथा मोडलिङ क्षेत्रमा सलिन नाम भने विल्कुलै नयाँ हो । सस्पेन्स प्रेम कथामा बन्ने फिल्ममा यसअघि नै सलोन बस्नेत, बुद्धि तामाङ, अनुभव रेग्मी फाईनल भईसकेका थिए । एस के थापा प्रोडक्शनको व्यानरमा बन्ने फिल्मका निर्माता झरना पति सुनिलकुमार थापा हुन् ।
 
स्मरण रहोस्, यसअघि पनि सोहि व्यानरबाट 'ए मेरो हजुर' नाममै फिल्म बनेको थियो । निर्माणको १० बर्षपछि नाम दोहोर्याउन पाउने प्रावधान अनुसार एसके फिल्मस् ले पुनः सोहि नाममा लभस्टोरी फिल्म बनाउन जुटेको हो । यसअघि यो फिल्मलाइ 'ए मेरो हजुर' को सिक्वेलको चर्चा गरिए पनि अन्ततः सोहि नाम मात्र लिएर निर्माण टिम फ्लोरमा गएको हो ।