मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'सुर्के थैली'बाट युट्युवमा १ करोड भ्युअर्सको किर्तिमान

फिल्मीखबर, काठमाडौं, 2016/08/25
गत बर्ष रिलिज फिल्म 'वडा नम्बर ६' को गीत 'सुर्के थैली'ले युट्युवमा सम्भवतः नेपालमा सर्वाधिक हेरिएको गीतको किर्तिमान राखेको छ । बिहिबार विहानसम्म उक्त गीतले १ करोड भ्युअर्स पार गरेको छ । 
 
 
यो समाचार पार गर्दा सम्म टिपिकल नेपाली फ्लेभरको गीत सुर्के थैलीलाई १ करोड ६ हजार बढि पटक हेरिसकिएको छ । नेपाली फिल्मको गीत यो संख्यामा हेरिएको पहिलो पटक हो । 
 
रिलिज हुँदाको दिनदेखी लाखौं नेपालीको मानसपटलमा बसेको गीतले दिन प्रतिदिन गर्दै भिजिटर संख्या बढाउँदै लगेको थियो । उज्जल घिमिरेको निर्देशनमा बनेको फिल्मलाई विपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, सिताराम कट्टेल लगायत निर्मातामा छन् । 
 
सामाजिक सञ्जाल मार्फत निर्माण टिम तथा फिल्मसँग जोडिएका कलाकरहरुले 'सुर्के थैली'ले १ करोड भ्यूअर्स आँकडा पार गरेकोमा खुशी व्यक्त गरेका छन् ।