मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेश उप्रेती भन्छन्, `किस गर्न खोज्दा रजनीको ओठ काप्थ्यो` (भिडियोसहित)

मदन रिजाल, काठमाण्डौ, 2016/08/24
लामो समयपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दै गरेका अभिनेता हुन् रमेश उप्रेती । कुनै बेलाका सफल अभिनेता रमेश फिल्मी क्षेत्रबाट आफ्नो लाइफ स्ट्यान्डर्ड नबनेको भन्दै अमेरिका हानिएका थिए। अहिले पुन: फर्किएका छन् ।  
 
 
अमेरिकामा केहि बर्षको बसाई पश्चात फिल्म क्षेत्रलाई कर्मथलो बनाउन आएका रमेश 'ब्रासलेट' फिल्म मार्फत दर्शकमाझ आउँदैछन् । यही पेरिफेरीमा रहेर फिल्मीखबरले उनीसँग बिशेष कुराकानी गरेको छ । 
 
निकै खुलेर कुराकानी गरेका रमेशले आफुलाई हल्का ओठ काप्ने र अलि अलि काली केटी निकै सेक्सी लाग्ने बताए । रमेशसँगै स्क्रिन शेयर गरेकी सुन्दर अभिनेत्री राजनी केसीसँग पनि फिल्मीखबरले कुराकानी गरेको छ । फिल्ममा पति पत्नीले गर्ने सम्मको रोमान्स गरेको बताउने यी दुई फिल्ममा पति पत्निको भूमिकामा देखिएका छन् ।
 
फिल्मीखबरको क्यामेरा अगाडी निकै खुलेर कुरा गरेका रमेशले भने, 'जब म रजनीलाई किस गर्न खोज्थें उनको ओठ काप्थ्यो ।' यो सुन्ने बित्तिकै आडमा रहेकी राजनी रातोपिरो भईन् र उनले 'रियाक्ट' गरिन् । यि दुबैको मुखबाट सुन्नुस् आखिरमा भएको के-के थियो ?  
 
 
 
यसैगरी फिल्मकै बिषयलाई लिएर भाद्र १७ गते रिलिज हुन लागेको 'ब्रासलेट'को अर्को टोलीसँग पनि फिल्मीखबरले कुराकानी गरेको छ । फिल्मकी अभिनेत्री नम्रता सापकोटा अभिनेता सुगम शर्मा, कलाकार कमल मैनाली, अभिनेता ऋतिक शाही तथा वितरक गोपालकाजी कायस्थ लगाएतका कलाकारसंग फिल्मी कुराकानी जोडिएको छ ।  
 
'ब्रासलेट'को यो जम्बो टोलीसँगको निकै रमाईलो कुराकानी हेर्नुहोस् ।