Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

छबि शिल्पा बिहे चर्चा सत्य कि फण्डा ?

फिल्मीखबर, काठमाडौं, 2016/08/24
पछिल्ला केहि दिन यता तपाईं सामाजिक सञ्जाल तथा मिडियासँग अपडेट हुनुहुन्छ भने चर्चा छ, निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेल वैवाहिक बन्धनमा बाधिँदैछन् । छबि शिल्पा विवाह गर्दै भन्ने प्रकारको समाचार तथा गसिप यसअघि पनि धेरै पटक मिडियामा छाईरहँदा यो पटकको चर्चा सत्य कि फण्डा धेरैमा कौतुहलताको विषय बनिरहेको छ । 
 
के साँच्चै छबिराज ओझा शिल्पा पोखरेलसँग विहे गर्दैछन् त ? उनको फिल्म 'किस्मत २' रिलिजको संघारमा आउँदा यो समाचार आउनुलाई धेरैले गसिपको अनि प्रचारको फण्डाको रुपमा लिनुलाई अन्यथा लिन सकिन्छ । किनकी यो प्रकारको समाचार जहिले पनि छबिको फिल्म फिल्म रिलिजको समयमा मात्र आउनुलाई सत्य मन्न भन्दा पनि गसिप बुझ्दा अन्यथा नहोला । 
 
त्यसो त यसअघि 'लज्जा' फिल्म रिलिजको बेलामा पनि छबि र शिल्पा बिहे गर्दै गरेको समाचार बाहिर आएको भइ पनि अन्त्यमा शिल्पाले खण्डन गर्दै छबिलाई अभिभावक बोलेकी थिईन् । यो पटक पनि चर्चा र गसिप बाहिरिएको केहि दिनमा शिल्पाले सोही प्रकारको खण्डन बाहिर ल्याउँछिन् या साँच्चिकै बिहेको लागी तयार हुन्छिन् त्यो भने समयले बताउनेछ । 
 
अभिनेत्री रेखा थापासँग छुट्टिएपछि छबिराज ओझा अहिले सिंगल छन् । जीवनको ५ दशकको आसपास उमेर पुग्दा पनि छबिले जीवनसाथी खोजिरहनुलाई कमैले आश्चर्य मान्लान् तर उनको बारेमा अपडेट भईसकेको कारण सामान्य रुपमा लिने धेरैछन् । 'किस्मत २' रिलिजको लागी छबिले समाचारमा मात्र बिहे गर्दै हुन् या साँच्चिकै हो, केहि समय पर्खिनैपर्ला ।
Most Visited News (monthly)