Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनाथ बालबालिकासँग `हाउडे` निर्देशकको जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2016/08/24
संगित फिल्मको ब्यानरमा बनेको फिल्म 'हाउडे' का निर्देशक संगीत बस्यालले 'पूजा फाउन्डेशन'को तर्फबाट बानेश्वरको संगम टोलमा रहेको 'न्यु नेपाल सोसाईटी' मा रहेका ७० जना अनाथ बालबालिकाहरुलाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएका छन् ।
 
 
संगीत बस्याल स्वयं र पूजा ठकुरी मिलेर 'पूजा फाउन्डेशन' को स्थापना गरेका हुन् । निर्देशक बस्यालले अनाथ बालबालिकाहरुको खुशीको लागी हरपल सहयोग गर्ने कुरा बताएका छन् । 
 
५० वटा जति म्युजिक भिडियो निर्देशन गरिसकेका बस्यालले फिल्म 'हाउडे' को निर्देशन पछि अामा याङ्ग्रको ब्यानरमा 'रेड लकेट' नामक फिल्म निर्देशन गर्ने जानकारी दिए जुन थाइलान्डमा सुटिङ हुँदैछ । उक्त फिल्मको कलाकार भने अझै फाइनल नभएको बताएका छन् ।
 
फिल्म 'हाउडे' भने तिहारपछि प्रदर्शन हुने बताईएको छ । बिष्णु प्रसाद श्रेष्ठले निर्माण गरेको यो फिल्ममा विश्वाश श्रेष्ठ, मनिस केसी, एनी कुँवर र रोजी बस्नेतको मुख्य अभिनय रहेको छ । 
Most Visited News (monthly)