मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

जन्मदिनमा दीपाले दिपकबाट आँशु उपहार पाएपछि... !

फिल्मीखबर, काठमाडौं, 2016/08/23
जन्मदिन सबैले खुसीमा मनाउँछन् । आज अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन  । तर, दीपाको दिनको सुरुवात आँशुबाट भयो रे । आशु उपहार दिने व्याक्ति थिए, हितैसी जोडी दिपकराज गिरी । 
 
 
दीपाको जन्मदिन पारेर दिपकले सुभकामना दिँदै फेसबुकमा लेखेको तश्विरसहितको पोष्टले दीपाको मन भक्कानिएको थियो ।
 
दिपकले यस्तो स्टाटस लेखेका थिएः
 
संघर्षका दिनमा तिमिवाट साथ पाँए
 
लडेर उठ्न खोज्दा तिमै हात पाएँ
 
दु:ख हजार देउ हे इश्वर । तिमीलाइ मेरो माफि छ
 
संसारसँग लड्न सक्ने
 
यो साथि नै काफी छ ।
 
दिपक र दीपाको जोडी बर्षौदेखी जमिरहेको छ । कहिँ कतै पुग्दा पनि नछुट्टिने यो जोडी दर्सकमाझ निकै लोकप्रिय मानिन्छ । मध्य रातमै परिवारसँग जन्मदिन सेलिब्रेसन गरेकी दीपाले काठमाडौँको प्रज्ञा भवनमा चलिरहेको गाईजात्रा पर्वमा मंगलबार सांँझ आफ्नो टिम तथा दर्शकसँगै जन्मदिन मनाईन् ।
 
२०३२ साल भाद्र ७ गते बिराटनगरको कोशी अंचल अस्पतालमा जन्मिएकी दिपाश्री आजबाट ४२ बर्षमा लागिन् । टेलिफिल्म 'तितो सत्य'मा प्रवेस गरेपछि दीपाले कहिले पछाडी फर्किनु परेन ।
 
दिपकराज गिरीलाई आफ्नो सहयात्री बनाएर 'तितो सत्य'को निर्माण र अभिनयसँगै फिल्म निर्देशनको बाटोमा यात्रा गरिन् दीपाले । भदौ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ लाई निर्देशन गरेकी अत्यन्तै सरल स्वभावकी धनि दिपाश्रीलाई जन्मदिनको शुभकामना । 
 
दीपकले जन्मदिनको शुभकामना दिईरहँदा दीपाले के भनिन् त ? भिडियो हेर्नुस् ।