मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निशासँग जोडी बाँध्दै गौरव

फिल्मीखबर, काठमाडौं, 2016/08/23
अभिनेत्री निशा अधिकारी र अभिनेता गौरव पहारीले जोडी बाध्ने पक्का भएको छ । 'रोल्पा रोग' निर्देशक दिपक ओलीको नयाँ प्रोजेक्ट 'कुम्भकरण'मा यो जोडी अनस्कृन रोमान्समा देखिने भएको हो । 
 
प्राथमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको कथालाई जोड्दै बन्न लागेको फिल्म पुर्णतः ग्रामिण भेगमा छायाँकन हुनेछ । फिल्मलाई रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको निर्माण पक्षले बताएको छ ।
 
फिल्ममा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा मुख्य भूमिकामा रहनेछन् ।
 
महेश दवाडीको कथा, पटकथा तथा संवादमा बन्ने फिल्ममा हरी लामाको छायांकन रहनेछ भने सुरेन बसेलको नृत्य निर्देशन रहनेछ । फिल्मलाई दाङ र प्युठान जिल्लामा खिचिने बताईएको छ । फ्लोरमा जाने मिति तय छैन् ।
 
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रोम वली कार्यकारी निर्माता हुनेछन् भने क्षितिज बस्नेत र खड्ग वुढाथोकी निर्मातामा छन् ।