मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

साया नभेटिएपछि रोकियो 'समर लभ'

फिल्मीखबर, काठमाडौं, 2016/08/23
विकासराज आचार्यको निर्माण निर्देशनमा बन्ने भनिएको कृति 'समर लभ' प्रोजेक्ट यो बर्षको लागी रोकिएको छ । निर्देशक आचार्यले हिरोईण नभेटिएकोले बर्ष २०७३ को लागी उक्त प्रोजेक्टलाई थाती राख्दै नयाँ प्रोजेक्टमा जुट्न लागेको खुलाएका छन् । 
 
फेसबुकमा स्टाटस लेख्दै आचार्यले कथाले मागेजस्तो हिरोईन नभेटिएकोले नै 'समर लभ' यो बर्ष नबन्ने कुरा बाहिर ल्याएका हुन् । साथै आचार्यले अर्को प्रोजेक्ट 'निराञ्जना' को काम अघि बढाउन लागेको समेत बताएका छन् ।
 
सुविन भट्टराईले लेखेको कृति समर लभ युवापुस्तामा निकै रुचाईएको नोभेल हो । उक्त नोभेलमा उल्लेख भए अनुसारको 'साया' नामको पात्र नै नभेटिएको बताईन्छ ।
 
यो प्रकारको उदाहरण भने नेपाल बाहेक अन्य फिल्म उद्योगमा सायदै पाईन्छ । कलाकार नभेटिएको कारण नै एक भेट्रान निर्देशकको प्रोजेक्ट रोकिनुलाई आश्चर्य मानिएको छ ।