मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

'हिटलर' बन्दै ईन्जिनियर सोहित

फिल्मीखबर, काठमाडौं, 2016/08/22
नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रसँग जोडिएका व्याक्तित्वहरुको आकर्षण बढ्दो छ । सैक्षिक क्षेत्रसँग जोडिएका तथा अन्य विभिन्न उच्चतम क्षेत्रसँग जोडिएका विभिन्न व्याक्तिहरु पनि पछिल्लो समय नेपाली फिल्म क्षेत्रसँग नजिकिँदै गरेको कुरा नकार्न सकिन्न । 
 
प्रशंग हो, ईन्जिनियरिङ पढाई सकाएर पनि चलचित्र क्षेत्रमा रमाईरहेका अभिनेता सोहित मानन्धरको । अष्टनारायण हल सञ्चालक त्रिरत्न मानन्धरमा पुत्र सोहित स्वभावैले पनि फिल्म क्षेत्रसँग जोडिनु नयाँ भने होईन् । तर पारिवारिक पृष्ठभुमी छाडेर अन्य क्षेत्र रोज्नेहरुको भिडमा सोहित भने पारिवारिक बिँडो थमाउँदै यहि क्षेत्रमा भविष्य खोजिरहेका छ्न । 
 
सोहितले विकासराज आचा्यको निर्देशनमा बनेको हिट फिल्म 'हृदम'बाट अभिनय यात्रा थालेका हुन् । अहिले सोहित फिल्म 'हिटलर'को तयारीमा जुटेका छन् । अष्टनारायण पिक्चर्सले 'सुपरहिट' फिल्म निर्देशक सौरभ ढकालसँग मिलेर बनाउन लागेको 'हिटलर' मा सोहित लिड अभिनयमा हुनेछन् ।
 
कम्प्युटर ईन्जिनियरिङका विधार्थी सोहित एक्टर स्टुडियोबाट अभिनय कला सिकेसँगै नेपाली रजतपटमा उदाएका थिए । हप्तैपिच्छे रिलिज हुँदै आउने फिल्ममा नयाँ अनुहारहरु प्रवेशको लहर चलिरहँदा आफ्नै भिन्न परिचयका साथ स्थापित हुने सोच राखेका सोहित 'हिटलर'बाट स्थापित अभिनेताको रुपमा चिनिने ध्याउन्नमा छन् । 
 
सोहितलाई 'एक्शन कट' गर्न लागेका निर्देशक ढकालले सोहितलाई म्याच हुने गरि जोडी सुहाउँदो अभिनेत्रीको खोजीमा आफुहरु रहेको बताए । फिल्मको केहि दिन पछि काठमाडौंमा एक विशेष कार्यक्रम गरी थप जानकारी सार्वजनिक गरिने बताईएको छ ।