मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षयको 'रुस्तम' सय करोड क्लबमा, शाहरुखसँग रेकर्ड बराबर

एजेन्सी, मुम्बई, 2016/08/22
 वलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'रुस्तम'ले १ सय करोडको विजनेस आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको नवौं दिनमा १ सय करोडको विजनेस पुरा गर्यो । 
 
फिल्मले १० दिनमा १ सय ८ करोडको विजनेस गर्न सफल भयो भने यो फिल्मसँगै प्रदर्शनमा आएको अर्का स्टार ऋतिक रोशनको फिल्म भने ५५ करोडमा अड्केको छ ।
 
योसँगै अक्षयकुमारले ६ वटा फिल्म वक्सअफिसमा १ सय करोड आँकडा पार गराउन सफल भएका छन्  ।
 
भने अजय देवगानको हातमा रहेको पाँच फिल्म १ सय करोड क्लबमा रहेको रेकर्डलाई पनि उनले उछिनेका छन् भने  दोश्रो नम्बरमा रहेका साहरुख खानसँग सेञ्चुरी बराबरी गरेका छन् । पहिलो नम्बरमा भने सलमान खान १० फिल्मका साथ अग्र स्थानमा छन् ।