मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पशुपतिप्रसाद' निर्देशकको 'लभ लभ लभ' घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/08/22
पछिल्लो हिट फिल्म 'पशुपतिप्रसाद' निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म 'लभ लभ लभ' घोषणा गरियो । 
 
 
फिल्ममा होस्टेल रिटर्न्स डेब्यू अभिनेत्री निर्देशक निश्चल बस्नेत पत्नि स्वस्तिमा खड्काले नव अभिनेता सुरज पाण्डेसँग जोडी बाँध्ने पक्का भएको छ । कार्यक्रममा कलाकार सार्वजनिक गर्नुका साथै टिजर पोस्टर पनि आउट गरियो । 
 
 
भदौ ९ गतेबाट फ्लोरमा जाने भनिएको फिल्ममा रमेश वुढाथोकी, देशभक्त खनाल, रुपा राना पनि लिड अभिनयमा रहनेछन् । लभस्टोरी जनराको फिल्ममा सानो कुरामा ठुलो ईमोशन खोजिने निर्देशक खनालले बताए ।