हरेक बर्ष दर्जन बढि फिल्म अवार्ड हुँदै आएको नेपाली फिल्म उद्योगमा अर्को एक अवार्ड थपिएको छ । निर्माता निर्देशक दिनेश डिसीले आईतबार आयोजित एक कार्यक्रमका बीच 'एलजी फिल्म अवार्ड' घोषणा गरे ।

तर नेपालमा हुँदै आएका अवार्ड समारोहभन्दा केहि फरक यो अवार्ड रहने पक्का भएको छ । अन्य अवार्डमा समेटिने भन्दा केहि फरक विधालाई समेट्दै डिसीले अवार्ड घोषणा गरे । सिनेमा सर्कल नेपाल र दि दिनेश डिसी प्रोडक्शनको संयुक्त आयोजनामा अवार्ड सम्पन्न हुनेछ ।
पर्दा पछाडीका अनुहारहरुलाई अगाडी ल्याउने उद्देश्यसहित केहि नयाँ प्रयोगका साथ फिल्म अवार्ड घोषणा गरेको डिसीको भनाई छ । राम्रो काम गरेर पनि पुरस्कार, सम्मान तथा प्रोत्साहन नपाएका स्टन्टम्यान, पोस्टर डिजानर, ट्रेलर मेकर लगायतका २२ विधामा अवार्ड प्रदान हुने कार्यक्रममा जानकारी गराईयो ।
भदौ २२ मा हुने अवार्ड समारोहमा वलिउड अभिनेता तथा एमएलए शत्रुघन सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने बताईएको छ । सिन्हाले नेपालको पर्यटन प्रवर्द्धनको लागि पनि सहयोग गर्नेछन् ।
अवार्डमा समावेश विधाहरु निम्न छनः


