मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ललित ब्युटिसियनको तीज कार्यक्रममा विभिन्न कलाकर्मी सम्मानित

फिल्मीखबर, काठमाडौं, 2016/08/22
ललित ब्युटिसियन बहुउद्देशिय सहकारी संस्थाले शनिबार ललितपुरमा तीज कार्यक्रमको आयोजन गरेको छ । उक्त संस्थाले प्रत्येक वर्ष तीज कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गर्दै आएको छ ।
 
 
यो बर्ष पनि संस्थापक अध्यक्ष मिना रिमाल न्यौपाने को अध्यक्षतामा पाँच महिलाहरुलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि माननिय मदन बहादुर आमात्यले वरिष्ठ कलाकार बसुन्धरा भूषाल, सन् २००२ की मिस नेपाल उषा खड्गी, ब्युटिसियन चिनु गुरुङ,सञ्चारकर्मी तथा फिल्म निर्देशक सुव्रत आचार्य तथा उनकी पत्नी चित्रकार जया शर्मा र त्यसैगरि नृत्यङ्गना रोमा न्यौपानेलाई रु दश हजार राशी सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।   
 
 
उक्त कार्यक्रम मा बरिष्ठ हांस्यकलाकार किरण केसी "राता मकै" र गायक यमन श्रेष्ठ को कमेडी शैलिको गितले झनै रौनक थपेको थियो । कार्यक्रममा कलाकारहरु दिपाश्री निरौला, किरण केसी, कुञ्जना घिमिरे 'सुन्तली',  गायक यमन श्रेठ, गायिका निशा सुनार लगायत उपस्थित थिए ।