मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लण्डनको सिने वर्ल्डमा 'गाजलु'

फिल्मीखबर, काठमाडौं, 2016/08/21
नेपाली सिनेमाको बेलायत प्रदर्शन नौलो होइन । बन्ने बित्तिकै व्यवसायिक प्रयोजनका लागि युके ल्याइन्छन् फिल्म । तर कम्युनिटी हल, रेष्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने परम्परा अन्त्य गर्दै नेपाली युवाले फिल्म ‘गाजलु’ सिने वर्ल्डमा विशेष प्रदर्शन गरेको छ ।
 
 
अल्डरसटको विशेष प्रिमियरपछि यही अगष्ट २६, २७ र २८ मा युकेका १० वटा सिने वर्ल्ड हलमा ‘गाजलु’ देखाउने योजना छ । चिस्विक लन्डन मुख्यालय रहेको सिने वर्ल्ड युरोपमा दोस्रो ठूलो सिनेमा अपरेटर मानिन्छ जसका ९ सहरमा २ हजार सिनेमा हल छन् ।
 
 
इन्टरनेशनल नेपाली फिल्म एकेडेमीले ‘गाजलु’ प्रदर्शन गरेको हो । सोका लागि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित थिइन् । यसअघि २९ मेमा पनि उक्त फिल्मको वर्ल्ड प्रिमियर भइसकेको थियो तर सिने वर्ल्ड प्रदर्शनका लागि डेढ साता समय निकालेर सृष्टि फेरि होम टाउन आएकी हुन् ।
 
 
हाउसफूल शोमा निक्कै हँसिली देखिएकी उनी भन्दै थिइन्, ‘मेरो पहिलो फिल्म हलिउड/बलिउड सरह प्रदर्शन भएकामा ज्यादै उत्साहित छु । यसले नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने एउटा उदाहरण प्रस्तुत गरेको छ ।’
 
 
अहिले सिनेमा र रंगमञ्चमा एकसाथ रमाइरहेकी सृष्टिले नयाँ फिल्मका लागि सम्झौता गरिसकेको पनि जानकारी दिइन् । फिल्म प्रदर्शनमा स्थानीय मेयरेस् र बेलायतस्थित नेपाली चलचित्रकर्मीको उत्साहजनक उपस्थिति थियो ।
 
 
अलिक टाढा फोकस्टोन केन्टबाट प्रदर्शनमा आइपुगेकी मेकअप आर्टिष्ट बिना राईले नेपाली फिल्म सिने वर्ल्डमा हेर्न पाउँदा ज्यादै गर्व लागेको अनुभव साटिन् । ‘इच्छा शक्ति भए नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसकिने होइन रहेछ,' उनले भनिन् ।
 
 
कुमारीको कथामा आधारित छ ‘गाजलु’ । हेमराज बिसी निर्देशित उक्त फिल्ममा सृष्टि, अनमोल केसी, गौरब पहारी, सलोन बस्नेत, मेनुका प्रधान, गौरी मल्ल, कृष्ण मल्ल, विश्व बस्नेत, ऋतिक शाही लगायतले अभिनय गरेका छन् ।
 
 
: कान्तिपुरबाट