Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सालिनदीमा रेखाले यसरी मनाईन् जन्मदिन (फोटो फिचर)

फिल्मीखबर, काठमाडौं, 2016/08/21
सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापाको आज जन्मदिन । आईतबारबाट ३१ बर्ष पुरा भएर ३२ लागेको बताउने रेखाले धार्मिक स्थल सालिनदीमा पुगेर जन्मदिन मनाइकी छिन् ।
 
 
आईतबार दिउँसो रेखा आफु निकट केहि फिल्मकर्मी तथा सञ्चारकर्मीका साथ सालिनदी पुगेकी थिईन् । सालिनदी मन्दिरमा नै रेखाको जन्मसिनको केक पनि काटियो ।
 
 
मन्दिरमा आमाको साथ पुगेर पुजाआजा गरेकी रेखाले त्यसपश्चात केक काटेकी थिईन् । सुरुमा रेखाले केक आमा सरस्वती थापालाई खुवाईन् । यसअघि रेखाले नै ४ लाख खर्चेर उक्त मन्दिरमा रंगरोगन समेत गरिदिएको बताईन् । 
 
 
'हर्षित मुद्रामा देखिएकी रेखाले आफ्नो जन्मदिनमा सुभकामना र सुभेच्छा प्रकट गर्नेहरु प्रति आभार प्रकट गर्दै किन सालिनदीमा नै जन्मदिन भन्ने प्रश्नमा भनिन्, 'यो ठाउँ मेरो घर जस्तो लाग्छ, मलाई सबैभन्दा आनन्द लाग्ने ठाउँ भएको कारण नै जन्मदिन मनाउन पनि यहि आएँ ।' रेखाले सालिनदी मै स्थानियलाई भोजन समेत गराएकी थिईन् । यस्तै, ३ जना दृष्टिबिहिनलाई  नगद २५ हजार पनि सहयोग गरिन् । 
 
 
नेपाली फिल्म क्षेत्रमा परिचित नाम रेखा थापा 'हिरो' नामक फिल्मबाट अभिनय दुनियाँमा प्रवेश गरेकी थिईन् । उनका दर्जनौं फिल्म हिट लिस्टमा छन् । पछिल्लो समय खासगरी नेपाली फिल्म क्षेत्रमा कोहि पनि महिला कलाकारको नाममा हलमा टिकट बिक्ने रेखा थापा नाम एक्लो जस्तै गरेर ब्राण्ड बनिसकेको छ । रेखालाई फिल्मीखबरको तर्फबाट पनि जन्मदिनको शुभकामना ।